• २०८१ बैशाख १६ आइतबार

टुबोर्ग ओपनमा भेकको 'खोलौं रमेर'

kharibot

काठमाडौँ । नेपालको सर्वाधिक लोकप्रिय बियर ब्रान्ड टुबोर्ग र संगीत निकै लामो समयदेखि सफलपूर्वक आबद्ध भई आइरहेको छ । टुबोर्गले नेपाली संगीत उद्योगको उत्थानका लागी सधैँ सम्भवत रुपमा काम गर्दै आएको छ । टुबोर्ग ओपन २०२२ राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरुको सहकार्यबाट संगीत उद्योगमा योगदान पुर्याउँदै आएको पहलको निरन्तरता हो ।

यो वर्षको टुबोर्ग ओपेन थिम “टेक द स्टेज” अन्तर्गत, भेक र विश्वभरका अन्य उदीयमान कलाकारहरुले जेसन डेरुलोलाई भेट्ने र लस् एन्जेलसमा उनीसँग व्यक्तिगत मेन्टरशिप सत्र प्राप्त गर्ने मौका पाए । उक्त मेन्टरशिप सत्रमा, जेसनले कलाकारहरुलाई एउटा सफल गीत सिर्जना गर्ने तरिकाहरु र संगीत उद्योगमा कसरी सफल हुने विषयको बारेमा मार्गदर्शन गराए । लस एन्जेलसमा जेसनको मेन्टरशिपबाट सबै सिकेका कुराहरु आत्मसात गर्दै भेक्ले टुबोर्ग ओपेन २०२२ को लागी आफ्नो नयाँ गीत प्रस्तुत गरेका छन् ।

टुबोर्ग ओपेनले आफ्नो ५औं वर्षको सुरुवात जेसन डेरुलोको मेन्टरशिपमा भेकको नयाँ गीत “खोलौं रमेर” को साथमा गरेको छ । उक्त गीतलाई दर्शकहरुले निकै रुचाएका छन् र युट्युबको टुबोर्ग नेपाल च्यानलमा रिलिज भएको केही घण्टामै सो गीतले श्रोता–दर्शकहरुबाट धेरै माया पाईरहेको छ ।

गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशिष विष्ट भन्छन्, “निकै लामो समयदेखि टुबोर्ग संगीतसँग जोडिदै आएको छ । टुबोर्गले नेपाली सांगीतिक जगतको उत्थानका लागी सधैँ सम्भवत रुपमा काम गर्दै आएको छ । टुबोर्ग ओपन २०२२ अभियान सोही उद्देश्यको पहल हो जहाँ हामीले नेपालका उदीयमान कलाकारहरुलाई उनीहरुको प्रतिभा प्रदर्शन गर्न प्लेटफर्म प्रदान गरेका छौं । हामी यस वर्षका लागी जेसन डेरुलो र भेकसँग सहकार्यको लागी निकै उत्साहित छौं र दर्शकहरुले दिनुभएको सकारात्मक प्रतिक्रियाहरुबाट निकै खुसी छौं ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै