• २०८१ बैशाख १८ मंगलबार

सरकारलाई त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न सभामुखको रुलिङ

kharibot

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको तालाबन्दी र पठनपाठन अवरोध बारे सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई रुलिङ गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्रिभुवन विश्वविद्यालयको अस्तव्यस्तताका बारेमा सभामुखले सरकारलाई रुलिङ नगरेसम्म संसदको कारवाही अगाडी बढ्न नदिने भनेपछि सभामुखले सरकारलाई रुलिङ गरेका हुन् । 

एमाले नेता प्रदीप ज्ञवालीले संसदको बैठक शुरु हुनासाथ सत्तारुढ दल नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघलरे त्रिबिलाई लामो समय तालाबन्दी गरेर अस्तव्यस्त पारेको आरोप लगाएका थिए ।

नेता ज्ञवालीले बर्षमा ३०० भन्दा बढी दिन तालाबन्दी हुदा पनि विद्यार्थी राजनीतिको पृष्ठभूमिबाट आएका प्रधानमन्त्री तथा त्रीबीका कुलपति तथा गृहमन्त्री चुप लागेर बसेको आरोप लगाएका थिए । 
      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै