काठमाडौं । आइसीसी विश्वकप छनोट खेल्न जिम्बावे गएको नेपाली क्रिकेट टोली स्वदेश फर्केको छ ।
क्रिकेट इतिहासमै सबैभन्दा ठूलो उपलब्धि हात पारेको नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा नेपाली क्रिकेटका फ्यानहरुले राष्ट्रिय झन्डा लिएर उनीहरुको भब्य स्वागत गरेका छन् ।
फ्यानहरुले नारा लगाउदै स्टेडियम बनाउन सरकारसमक्ष माग गरेका छन् । विमानस्थलमा कुरा गर्दै नेपाली क्रिकेटका कप्तानले पारस खड्काले अद देशमा पूर्वधार बनाएर क्रिकेटको विकास गर्नुपर्ने बताए ।
अबको आफुहरुको लक्ष्य टेस्ट क्रिकेट भएको पनि कप्तान खड्काले स्पष्ट पारे । अर्का युवा खेलाडी सन्दीप लामिछानेले प्रतियोगितामा आफ्नो प्रदर्शन सन्तोषजनक रहेको बताए । सन्दीपले नेपालले यस प्रतियोगिताबाट उत्कृष्ट नतिजा ल्याएको बताउदै एकदिवसीय मान्यता पाउनु ठुलो उपलब्धि भएको बताए ।
नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटाले प्रतियोगिताको पहिलो खेलमा टेस्ट राष्ट्रसँग पहिलो पटक खेलको र नेपालले जवाफी ब्याटिंगमा २६० रन कटाउनु राम्रो प्रदर्शन भएको बताए ।
नेपालले समूह चरणको खेलमा हङकङलार्इ र प्लेअफको खेलमा पपुवा नयूगिनीलार्इ हराउँदै आगामी चार वर्षका लागि एकदिवसीय मान्यता पाएको नेपाली टिमलाई स्वागत गर्न क्रिकेट फ्यान, उनीहरुका आफन्त पुर्व खेलाडीहरु उपस्थित थिए ।