• २०८१ बैशाख १६ आइतबार

एशियन गेम्समा खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिममा को को परे ?

kharibot

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एशियन गेम्स खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले शुक्रबार कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टिम घोषणा गरको हो ।

टिममा रोहित पौडेल (कप्तान), करण केसी, प्रतिष जिसी, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, सन्दीप जोरा, बिनोद भण्डारी, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, बिबेक कुमार यादव, अविनाश बोहोरा र सन्दीप लामिछाने रहेका छन् ।

यसअघि एशिया कप खेल्ने टिममा रहेका भीम सार्की, अर्जुन साउद, किशोर महतो र अरिफ सेख भने टिममा परेका छैनन् ।  

चीनको होङझाउमा सेप्टेम्बर २३ देखि हुने १९औं एसियन गेम्सअन्तर्गत नेपाली क्रिकेट टोलीले समूह चरणमा मंगोलिया र माल्दिभ्ससँग खेल्ने भएको छ । नेपालले पहिलो खेल सेप्टेम्बर २७ मा मंगोलियासँग खेल्नेछ भने अक्टोबर १ मा माल्दिभ्ससँग खेल्नेछ ।

क्वाटरफाइनलका खेल अक्टोबर ३ र ४ मा हुनेछ । नेपाल, मंगोलिया र माल्दिभ्स समूह 'ए' मा छन् । समुह  'बि ' मा कम्बोडिया, हङकङ र जापान, 'सी' मा  मलेसिया, सिंगापुर र थाइल्याण्ड रहेका छन् । 

टी- २० फर्म्याटमा आयोजना हुने प्रतियोगिताको प्रत्येक समूहका शीर्ष टोली क्वाटरफाइनलमा पुग्नेछन् । भारत, पाकिस्तान, श्रीलंकाम, बंगलादेश र अफगानिस्तानले भने क्वाटरफाइनलमा सिधै प्रवेश पाएका छन् । सेमिफाइनल अक्टोबर ६ मा हुनेछ । फाइनल र तेस्रो स्थानको खेल ७ अक्टोबरमा हुनेछ ।

मंगोलिया र माल्दिभ्स तुलनात्मक रुपमा कमजोर टोली भएकाले नेपाल क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै