• २०८१ बैशाख १५ शनिबार

सिम्बामा रणवीर सिंहको अपोजिट साराअलि खान 

kharibot

मुम्बई । आफ्नो फिल्म सिम्बाका लागि लामो समयदेखि हिरोइनको खोजीमा रहेका निर्देशक रोहित शेट्टी र निर्माता करण जोहरले अन्तत: हिरोइन फाइनल गरेका छन् ।

रणवीर सिंहको अपोजिटमा फिल्म सिम्बामा सैफअलि खानकी छोरी साराअलि खानले अभिनय गर्ने भएकी छन् ।

फिल्मको निर्माता कम्पनी धर्मा प्रोडक्सनले सारा फिल्म सिम्बाका लागि फाइनल भएको जानकारी दिएको छ । सो बारे जानकारी दिदै एक अति सुन्दर चेहेरा, अर्को अल्टिमेट इनर्जी र दुई फिल्म मेकर्सको जादुले सिम्बालाई ब्लकबस्टर बनाउने उल्लेख गरिएको छ । 

निर्माता करण जोहरले यस फिल्मका लागि पहिला नै सारालाई प्रस्ताव राखेको तर त्यतिबेला साराले आफ्नो डेभ्यु फिल्म केदारनाथको सुटिंग गरिरहेकोले उनले करणको प्रस्ताव इन्कार गरेकी थिइन् । तर अहिले केदारनाथ निर्माता-निर्देशकको विवादले रोकिए पछि साराले सिम्बामा अभिनय अग्रने सहमति जनाएको बताइएको छ । 

यस फिल्ममा जान्ह्वी कपुरले अभिनय गर्नसक्ने पनि रिपोर्ट आएको थियो तर निर्माताहरुको यो घोषणाले अब सिम्बाका बारे आएका अन्य रिपोर्टहरु गलत भएका छन् ।

यो फिल्म यसै बर्षको डिसेम्बर २८ मा रिलिज हुने बताइएको छ । केदारनाथ रोकिएपछि सारा अलि खानको डेभ्यु फिल्म सिम्बा हुने देखिएको छ । 


  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै