• २०८१ बैशाख १६ आइतबार

बक्स अफिसमा पहिलो दिन सिम्बालाई दर्शकको साथ    

kharibot

मुम्बई। बलिवुडको बहुप्रतिक्षीत मध्यको एक फिल्म सिम्बाले भारतीय बक्स अफिसमा शानदार सुरुवात गरेको छ। सिम्बाले रिलिजको पहिलो दिन भारतीय बक्स अफिसमा २० करोड ७२ लाखको कलेक्सन गरेको छ। 

विश्लेषकहरुबाट राम्रो रिभ्यु पाएको सिम्बालाई पूर्ण मनोरन्जनात्मक फिल्म रहेको बताइएको छ। रिलिजको पहिलो दिन दर्शकको राम्रो साथ पाएको सिम्बाले बक्स अफिसमा राम्रो रेकर्ड बनाउने अपेक्षा गरिएको छ। 

साथै सिम्बा रिलिजको पहिलो दिन अभिनेता रणबीर सिंहको अहिलेसम्मको धेरै कलेक्सन गर्ने फिल्म समेत बनेको छ। फिल्म विश्लेषक तरण आदर्शका अनुसार रणबीरको पद्मावतले पहिलो दिन १९ करोडको कलेक्सन गरेको थियो भने गुण्डेले १६ करोड १२ लाख कलेक्सन गरेको थियो। त्यस्तै रामलीलाले १६ करोड र बाजिराव मस्तानीले १२ करोड ८० लाख कलेक्सन गरेको थियो। 

सिम्बा विश्वभर करिब ५ हजार स्क्रिनमा रिलिज भएको छ भने भारतमा मात्र करिब ४१ सय स्क्रिनमा रिलिज भएको छ। फिल्ममा रणबीर सिंह, सारा अली खान र सोनु सुदको प्रमुख अभिनय रहेको यस फिल्ममा अजय देवगनको विशेष भूमिका रहेको छ। 

फिल्ममा रणबीर सिंह प्रहरीको भूमिकामा दबंग र संघमको फ्युजनको रुपमा देखिएका छन् भने फिल्मलाई करण जोहरले निर्माण गरेको यस फिल्मको निर्देशन चर्चित निर्देशक रोहित शेठीले गरेका छन्।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै