• २०८१ बैशाख १७ सोमबार

मधेशमा लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह

kharibot

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दक्षिण कोरियामा रहेका युवालाई मधेशमा लगानी गर्न आग्रह गरेका छन् ।

मधेशी समाज दक्षिण कोरियाले आज आयोजना गरेको दक्षिण कोरियाबाट तराईमा हुन सक्ने लगानी सम्भाव्यतासम्बन्धी भिजुअल अन्तरक्रियामा उनले कृषि, पर्यटन, उद्योग र शिक्षा क्षेत्रमा लगानीका बृहत सम्भावना रहेकाले सो अवसरलाई सदुपयोग गर्न आग्रह गरेका छन् । मुख्यमन्त्री राउतले लगानीको वातावरण निर्माण गर्न आफू जिम्मेवार भएर लाग्ने विश्वास दिलाए ।

उनले भने, “आफ्नो माटोप्रति तपाईंहरूले देखाउनुभएको सद्भाव अनुकरणीय छ । मधेश सरकारको तर्फबाट तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु । आउनुस्, लगानी गर्नुहोस्, वातावरण हामी दिन्छौँ । समृद्ध मधेश निर्माणको बाटोमा यहाँको सहयोगको अपेक्षा हामीले गरेका छौँ ।”

प्रदेश सरकारले उद्योग ऐनमार्फत लगानीको वातावरण सुनिश्चित गरीसकेको उनले स्पष्ट पारे  । कार्यक्रममा दक्षिण कोरियामा रहेको एक सयभन्दा बढी युवाको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय