• २०८१ बैशाख १४ शुक्रबार

सरकार शुसासन, समृद्धि र समाजिक न्याय कायम गर्न तत्पर – सुचना तथा संचार राज्यमन्त्री बाँस्कोटा

kharibot

काठमाण्डौ । सूचना तथा संचार  प्रविधि  राज्यमन्त्री गोकुल बाँस्कोटाले सरकार शुसासन, समृद्धि र समाजिक न्याय कायम गर्न तत्पर रहेका बताएका छन् ।  आज राजधानीमा सामुदायिक रेडियो प्रसारक संघको १८औं स्थापना दिवसको अवसरमा मन्त्री बाँसकोटाले सो कुरा बताए हुन् ।

यसैगरी मन्त्री बाँसकोटाले  सामुदायिक रेडियोले दर्गम र्गाउमा बसोवास गर्ने र सुचनाको पंहुचबाट टाढा रहेका बस्ति र जनमानसमा रेडियो मार्फत सही सुचना प्रवाह गरेको बताउँदै नेपालमा सामुदायिक रेडियोको भुमिका अतुलनीय रहेको बताउँदै अब आम संचार ऐन छिटटै कायान्वयनमा आउने बताए ।

सोही कार्यक्रममा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष तथा सामुदायिक रेडियो प्रसारक संघकी उपाध्यक्ष शसिकला दाहालले नेपालमा सामुदायिक रेडियोको जन्म हुनु अघि सरकारी संचार माध्यम रेडियो नेपालको बर्चस्व रहेको र तर अहिले त्यो अवस्था नरहेको बताउँदै गाँउ गाउँका जनतालाले सामुदायिक रेडियो मार्फत सही सुचना प्राप्त गरेको बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले नेपालमा स्थानीय निकायद्धारा  सामुदायिक एफ.एम रडियो संचालन गर्ने काठमाण्डौ महानगरपालिका पहिलो रेडियो भएको स्मरण गर्दै काठमाण्डौ महानगरपालिकाले आफनो रेडियाबाट आम्दानी नगरे पनि  रेडियो मार्फत सुचना प्रवाह गरेको बताए । यसैगरि प्रमुख शाक्यले  महानगरले आफनो रेडियोलाई सही व्वयस्थापन गर्न नसकेको पनि बताए ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै बीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले आफु पनि लामो समयदेखि सामुदायिक रेडियोसँग जोडिएकोले सामुदायिक रेडियो सर्वसुलभ रुपमा सवैभन्दा बढी सुचना प्रवाह गर्ने माध्यम रहेको बताए ।

सोही कार्यक्रमा बोल्दै पुर्व शिक्षा मन्त्री तथा सांसद गंगालाल तुलाधरले सामुदायिक रेडियो हरुले विशेष गरि नेपालमा गएको भुकम्पमको समयमा विपद व्यवस्थापनमा सुचना तथा समाचार प्रसारण गरि उल्लेख्य भुमिका निर्वाह गरेको बताए ।

कार्यक्रममा गाँउपालिका महासंघका अध्यक्ष तथा सभासद घनश्याम  खतिवडा, नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक बेन्जु, सामुदायिक रेडियो प्रसारक संघका पुर्वअध्यक्ष मीन बहादुर शाही, प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाल  लगायतले सामुदायिक रेडियोको  वार्षिक दिवसलाई  शुभकामना दिंदै नेपालमा सामदायिक रेडियोको भुमिका र योगदान सरहनीय रेहेको बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष शसीकाला दाहाल र काठमाण्डौ महनगरपालिकाका सुचना तथा प्रविधि विभागका  महाशाखा प्रमुख हरि कुमार  श्रेष्ठलाई  नेपालमा सामुदायिक रेडियोका विकासमा योगदान पुन्याए बापत सामुदायिक रेडियो प्रसारक संघले सम्मान समेत गरेको थियो ।

सो वार्षिक कार्यक्रममा नेपालका विभिन्न प्रदेशबाट आएका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नेपालमा हाल करिब ३ सय १५ वटा सामुदायिक रेडियो संचालनमा रहेका छन ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै