गुठी विधेयकमा कुनै त्रुटि भए छलफल गरिन्छ : मन्त्री बाँस्कोटा

खरीबोट

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सांस्कृतिक मूल्य, मान्यतालाई कायम राख्नै सामन्तवाद अन्त्य गर्ने गरी सरकारले गुठीसम्बन्धी विधेयकलाई अगाडि बढाउने बताएका छन् ।

मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार भेटमा सरकारका प्रवक्ता बाँस्कोटाले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका गुठीबारेका सवाल फरकफरक भएकाले सरोकार भएकाले उठाएका विषय कानून निर्माणका क्रममा सम्बोधन गरिने बताए । उनले भने, “नयाँ राजीतिक प्रणाली र संविधान अनुकूल नयाँ कानून बनाउने क्रममा पुराना कानून विस्थापन गरी नयाँ कानून आउन थालेका हुन् । गुठीसम्बन्धी विधेयकले सामन्तवादी उत्पादन प्रणाली अन्त्य गरी भूमिहीन किसानका समस्या समाधान गरी समाजवादको बाटो लानेछ । विधेयकमा कुनै त्रुटि भए छलफल गरिनेछ ।”

‘मिडिया काउन्सिल विधेयक’ लाई पनि प्राप्त सुझावका आधारमा संसद्ले उचित छलफल गरेर पारित गर्ने जनाउँदै उनले सरकारले प्रेस स्वतन्त्रतामा तरबार नचलाउने स्पष्ट गरे । उनको भनाइ थियो, “विधेयक फिर्ता हुन्न, संसद्मा छलफल हुन्छ । समृद्ध बनाइनेछ । हामी लोकतन्त्रको उपभोक्ता होइनौँ, संस्थापक हौँ । हामीलाई प्रेस स्वतन्त्रताको मर्म राम्रोसँग थाहा छ । श्रमजीवी पत्रकारले न्यूनतम् पारिश्रमिक पाउनुपर्छ भनेर अडान लिँदा मेरो भनाइ मन परेन भने म के गर्न सक्छु ?”

लोकसेवा आयोगले स्थानीय तहको कर्मचारीका लागि गरेको विज्ञापन रद्द गर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनबारे सोधिएको प्रश्नमा मन्त्री बाँस्कोटाले त्यस्तो प्रकारको निर्देशन नआएको भए उचित हुने भनी प्रतिक्रिया दिए । उक्त विज्ञापन स्थानीय तहको मागलाई ध्यानमा राखेर प्रदेश लोकसेवा आयोग गठन नहुँदासम्म संविधान र समायोजन ऐनका आधारमा गरिएकाले सांसदहरुले बुझेरै निर्णय गरेको अपेक्षा आफूहरुले गरेको उल्लेख गर्दै यसबारे सरकारले ठोस धारणा बनाइनसकेको जानकारी दिए । 
 

सम्बन्धित समाचार

प्रधानमन्त्री र 'रअ' प्रमुखको भेट भएको छैन – संचारमन्त्री बास्कोटा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख समान्तकुमार गोयलसँग भेट नगरेको सूचना तथा संचार प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बताएका छन् । बिहीबार मन्त्रिपरिषदको बैठकका

नेपाल र फ्रांन्सबीच सुरक्षण मुद्रण स्थापना, भूउपग्रह सञ्चालन गर्न सहमति

काठमाडौँ । सुरक्षण मुद्रण स्थापना तथा भूउपग्रह सञ्चालन एवम् व्यवस्थापन गर्न नेपाल र फ्रांन्सबीच सहमति भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको यही फागुन २४ गते सम्पन्न फ्रांन्सको

स्वतन्त्रताको सीमा हुँदैन– मन्त्री बाँस्कोटा

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले “सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत

निर्मलाको समाचार रोक्न सरकारको प्रवक्तालाई रेबिज लागेको छ र ?

काठमाडौँ। सुचना तथा प्रसारणमन्त्री गोकुलप्रसाद बास्कोटाले संचार माध्यामप्रति आक्रोस व्यक्त गरेका छन् ।  बिहिबार मन्त्रालयमा मन्त्रिपरिषदको निर्णय सार्वजनीक गर्ने क्रममा निर्मला पन्तको बलात्कारपछि हत्या भएको बिषयको समाचार सरकारी संचार माध्यममा सम्प्रेषण


z