• २०८१ बैशाख १७ सोमबार

बेन्जमाले जिते यस बर्षको बेलुन डो अर अवार्ड

kharibot

काठमाडौँ । फ्रान्सका स्ट्राइकर करिम बेन्जमाले फुटबल जगतको प्रतिष्ठित अवार्ड बेलुन डोअर अवार्ड जितेका छन् ।

फ्रान्स फुटबल फेडेरेसनले हरेक बर्ष प्रदान गर्ने यो प्रतिष्ठित अवार्ड यस बर्ष बेन्जमालाई प्रदान गरिएको छ । ३२ बर्षिय बेन्जमाले पहिलो पटक बेलुन डो अर अवार्ड जितेका हुन् । उनले गत सिजनमा रियल म्याड्रिडलाई ला लिगा र च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

बेन्जमाले साडियो माने र केभिन डी ब्रुनेलाई पछि पार्दै यस बर्षको बेलुन डो अर अवार्ड जितेका हुन् । 

गत सिजनमा बेन्जमाले रियल म्याड्रिडका लागि कुल ४६ खेलमा ४४ गोल गरेका थिए, जुन उनको क्यारियरमै एक सिजनमा गरेको सबैभन्दा बढी गोल हो ।

बेलुन डो अरको इतिहासमा सबैभन्दा बढी अवार्ड जित्ने खेलाडी लियोनेल मेसी हुन् । मेसीले यो अवार्ड ७ पटक जितेका छन् । त्यस्तै मेसी पछि क्रिस्टियानो रोनाल्डोले यो अवार्ड ५ पटक जितेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै