• २०८१ बैशाख १७ सोमबार

ओलीबाट विश्व रेकर्डकाे प्रमाणपत्र लिए 'मेमोरी किङ' अर्पणले

kharibot

काठमाडौँ । 'मेमोरी किङ'ले चिनिएका अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् ।

युवाहरू माझ लोकप्रिय अर्पणले सो विश्व कीर्तिमानको प्रमाणपत्र लण्डनको "वर्ल्ड बुक अफ रेकर्ड्स" को कार्यालयबाट नेपाल आए लगत्तै सार्वजनिक गरेका हुन् । 

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई बधाई दिँदै नयाँ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

१ मिनटमा ८३ वस्तुहरुको क्रम स्मरण गरेर रचेको यो विश्व कीर्तिमानको श्रेय उनी आफ्नो ध्यान साधना र मेमोरी टेक्निकहरुलाई दिन्छन् । 

यसअघि सन् २०१५ मा शर्माले १ मिनटमा ४२ वस्तुहरुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका थिए ।

'यो विश्व रेकर्डको प्रमाणपत्र मेरो मात्र नभई सम्पूर्ण नेपालीहरुको भएको महसुस गर्दै आगामी दिनहरूमा अझै वर्ल्ड रेकर्डहरू राखेर नेपालको नाम विश्व सामु फैलाउने वाचा गर्दछु,' उनी बताउँछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय