• २०८१ बैशाख १७ सोमबार

यमनसँग नेपाल पराजित, जितसँगै यमन एफसी एसियन कपमा छनोट 

kharibot

काठमाडौँ । एफसी एसियन कप छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल यमनसँग पराजित भएको छ ।

कतारको दोहास्थित सुहेम विन हमाद रंगशालामा भएको खेलमा नेपाल यमनसँग २–१ ले पराजित भयो । जितसँगै यमनले अर्को बर्ष युएईमा हुने एएफसी एसियन कपमा स्थान सुरक्षित गरेको छ ।

समूह एफबाट फिलिपिन्स समुहको विजेता र यमन उपविजेता बन्दै एसियन कपमा छनोट हुँदा नेपाल र ताजिकिस्तान भने बाहिरिएका छन् ।

खेलको २४औं मिनेटमा अब्दुलेवासिया अल मातारीले गोल गर्दै यमनलाई सुरुवाती अग्रता दिलाएका थिए भने पहिलो हाफको इन्जुरी समयमा नेपालका लागि नवयुग श्रेष्ठले गोल गर्दै खेल बराबरी गरेका थिए ।

त्यसपछि खेलको ८३औं मिनेटमा विराज महर्जनले डिबक्स भित्र फल गरेका कारण यमनले पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई मातरीले नै गोलमा परिणत गर्दै यमनलाई २–१ को जित दिलाए ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै