• २०८१ बैशाख १७ सोमबार

एन्जिला इन्डियन वुमन्स लिग खेल्ने

kharibot

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले भारतको शीर्ष डिभिजनको लिग खेल्ने भएकी छिन् । २०२३ सिजनको इन्डियन वुमन्स लिगका लागि सेथु एफसीले सुब्बालाई सम्झौता गरेको हो ।

यसै वर्ष नेपाली राष्ट्रिय टिमको कप्तान नियुक्त भएकी सुब्बा भारतको शीर्ष डिभिजनको महिला लिग खेल्ने नेपालको तेस्रो खेलाडी बन्न लागेकी छन् ।

यसअघि सेथु एफसीबाट सन् २०१९ मा सावित्रा भण्डारी र अनिता बस्नेतले  खेलेका थिए भने उनीहरुले सो बर्ष उपाधि समेत जितेका थिए ।

यो सिजनको इन्डियन वुमन्स लिगको पहिलो चरण जनावरी दोस्रो सातादेखि सुरु हुदै  छ । गत सिजनको लिगमा दोस्रो भएको सेथु एफसी यस सिजनमा सिधै फाइनल चरण खेल्दैछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै