• २०८१ बैशाख २८ शुक्रबार

विश्वकपबाट बाहिरिए पोग्वा

kharibot

काठमाडौं । फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले कतार विश्वकप २०२२ गुमाउने पक्का भएको छ ।  

इटालियन सिरी ए क्लब युभेन्ट्सका मिडफिल्डर पोग्बाले चोटकै कारण नोभेम्बर २० बाट सुरु हुने कतार विश्वकप गुमाउने भएका हुन् । 

सन् २०१८ को रुस विश्वकप फ्रान्सले  जित्दा नायक साबित भएका पोग्बा यसपटक समेत महत्वपूर्ण सदस्य हुने मानिएको थियो । 

यसै सिजन मात्र इङलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट पूर्वक्लब युभेन्ट्स फर्किएका पोग्बाले घुँडाको चोटका कारण एउटा खेल पनि खेलेका छैनन् । 

फ्रान्सले २२ नोभेम्बरमा अस्ट्रेलियाविरुद्धको खेलसँगै विश्वकपको सुरुआत गर्नेछ । समूह डी मा फ्रान्स, अस्ट्रेलिया,डेनमार्क र ट्युनिसिया रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै