• २०८१ बैशाख १७ सोमबार

कास्की-२ मा घण्टीको अग्रता कायमै, एमालेले पछ्याउदै

kharibot

पोखरा । कास्की-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो अग्रता कायम राखेको छ ।

प्रतिनिधि सभा निर्वाचनमा १७०४ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कडेलले अग्रता कायम राखेका छन् । उनले ५२८ मत प्राप्त गरेका छन् ।

त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले ३९७ मत पाएकी छन् भने नेकपा समाजवादीका श्रीनाथ बरालले २९६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी राष्टिय प्रजातन्त्र पार्टीका सुर्वण राज पन्तले २४९ मत प्राप्त गरेका छन् ।

यस यो क्षेत्रमा ४९ हजार ५९६ मत खसेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै