• २०८१ बैशाख १७ सोमबार

कैलाली ५ को मतगणनास्थल बाहिर नाराबाजी

kharibot

धनगढी  । कैलाली क्षेत्र नम्बर ५ को मतगणना स्थलबाहिर नाराबाजी सुरु भएको छ । मतगणनामा ढिलाई भएको भन्दै एमाले, स्वतन्त्र उम्मेदवारका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।

कैलाली ५ मा कांग्रेसले वडागत मतगणना गर्नुपर्ने अडान राखेको छ भने अन्य दलले त्यसलाई स्वीकारेका छैनन् ।

विवादकैबीच मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालको स्वास्थ्यमा समस्या देखिएपछि उनी आरम गरिरहेका छन् ।

मुख्य निवाृचन अधिकृतको स्वास्थ्य समस्यासँगै कैलाली ५ को मतगणना अनिश्चि बनेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै