• २०८१ बैशाख १६ आइतबार

सर्लाहीमा अवैध गाँजासहित दुई जना पक्राउ

kharibot

काठमाडौं । सर्लाहीमा अवैध गाँजासहित २ जना पक्राउ परेका छन् ।

मलंगवा नगरपालिका ४ शिवसागर चोकबाट २ केजी ५ सय ग्राम अवैध  गाँजासहित लालबन्दी नगरपालिका ५ का २० वर्षीय हिमाल पाण्डेय र अन्य दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे  । 

अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको टोलीले प्रदेश २-०२-००३ प १७०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा अवैध गाँजासहित मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान  भइरहेको प्रहरीले बताएको छ ।  

पढ्नै पर्ने

लोकप्रिय