• २०८१ बैशाख २१ शुक्रबार

नेल्सन मण्डेलाकी पुर्वपत्नी विन्नी मण्डेलाको निधन 

kharibot

काठमाडौँ  । दक्षिण अफ्रिकी पहिलो अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाकी पुर्वपत्नी विन्नी मण्डेलाको ८१ वर्षको उमेरमा निधन भएको छ ।

मण्डेला परिवारका प्रवक्ता भिक्टर लामिनीले एउटा वक्तव्य जारी गर्दै भनेका छन्, ‘उहाँ लामोसमयदेखि रोगी हुनुहुन्थ्यो । एक वर्षदेखि उहाँ अस्पतालमै हुनुहुन्थ्यो । सोमबार दिउँसो परिवारका केही सदस्यहरुको बीचमा उहाँले अन्तिम श्वास लिनुभयो ।’

नेल्सन मण्डेला २७ वर्षको जेल जीवनबाट निस्कँदा विन्नी र  नेल्सनले हात समातेर निस्केको फोटो चर्चित भएको थियो । त्यो फोटो रंगभेद विरुद्धको आन्दोलनको सिम्बोल बनेको थियो ।

विन्नी मण्डेला सन् १९३६ मा इस्टर्न केपमा जमिएकी थिइन् । उनी एक प्रशिक्षित सामाजिक कार्यकर्ता थिइन् जब उनले नेल्सन मण्डेलालाई सन् १९५० मा भेटेकी थिइन् । सन १९५८ मा विवाह गरेका उनीहरुको वैवाहिक सम्बन्ध ३८ वर्षसम्म रहेको थियो । 

नेल्सन मण्डेला जेलमा रहेका बेला सन् १९९६ मा उनले नेल्सन मण्डेलासँग सम्बन्ध विच्छेद गरेकी थिइन् । सम्बन्ध विच्छेद भएपछि पनि उनले मण्डेलाकै थर प्रयोग गरिरहेकी थिइन् । 

नेल्शन मण्डेला राष्ट्रपति बनेपछि विन्नीलाई क्याबिनेटमा ठाउ दिएका थिए । पार्टीमा पैसाको हिसाब किताबमा विन्नी माथि प्रश्न उठेपछि उनले पति नेल्शन मण्डेलासँग सम्बन्ध विच्छेद गरेको बताइन्छ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै