• २०८१ बैशाख १७ सोमबार

शिवम् सिमेन्ट ‘बेस्ट म्यानेज्ड कम्पनि अफ द इयर ‘ बाट सम्मानित

kharibot

काठमाडौँ । शिवम्  सिमेन्ट लिमिटेडले बेस्ट म्यानेज्ड कम्पनि अफ द इयर- २०२२ अवार्ड प्राप्त गरेको छ ।

शिवम सिमेन्ट्स लिमिटेडलाई न्यू बिजनेश एजले सातौं न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड अन्तर्गत काठमाडौंमा आयोजना गरेको सातौं न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड- २०२२ कार्यक्रममा विभिन्न फरक फरक सातओटा संस्थागत विधामा दिईएको उक्त अवार्डहरु मध्ये  शिवम् सिमेन्ट लिमिटेडले बेस्ट म्यानेज्ड कम्पनि अफ द इयर(द्दण्द्दद्दु  प्राप्त गर्न सफल भएको छ ।

यस भन्दा पहिला पनि शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलो पटक एन.एस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भईसकेको छ । ५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् ओ.पि.सि. सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरुमा  साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ । 

कम्पनीको एक सवल पक्ष यहाँको जनशक्ति, आन्तिरिक व्यवस्थापन, पारदर्शिता, ६० हजार भन्दा बढी शेयरहोल्डर एवंम कुशल व्यवस्थापक तथा व्यवस्थापनका कारण पटक पटक विभिन्न तवरबाट सम्मानित हुदै आईरहेको छ ।

नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो ।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा बिआइएस (आइएसआइ), युआरएस प्रमाणित आइएसओ सर्टिफिकेटस प्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय