• २०८१ बैशाख १६ आइतबार

भायानेटकी सीईओ पाठकलाई लिडरशिप फिमेल अफ द इयर २०२२ को सम्मान

kharibot

काठमाडौँ । भायानेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक बोहरालाई नेपालको प्राविधिक क्षेत्रमा गरेको असाधारण नेतृत्व र योगदानको लागि एचआरएम लिडरसिप फिमेल अफ द इयर अवार्डबाट सम्मानित गरिएको छ । उनी देशको प्रविधि क्षेत्रमा नेतृत्व गर्ने पहिलो महिला मध्ये एक हुन् ।  

सन् २०१२ मा भायानेटको वित्त तथा संचालन निर्देशकका रूपमा भायानेटमा आउनुभएको पाठक सन् २०१८ मा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनकी थिइन् । उनको कार्यकालमा भायानेटले आफ्नो गुणस्तरीय इन्टरनेट र आईपीटीभी सेवाहरूको स्तरोन्नति गर्दै देशैभर द्रुत रूपमा विस्तार गरिरहेको छ ।

एचआरएम अवार्ड कर्पोरेट क्षेत्रमा भएका विविध विधाका उत्कृष्टतालाई पुरष्कृत गर्ने उद्देश्यले सन् २०२१ मा स्थापना भएको वार्षिक पुरष्कार हो ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै