• २०८१ बैशाख १७ सोमबार

दोलखामा ‘अन्तराष्ट्रिय फिल्म सिटी’ बनाउन छलफल

kharibot

काठमाडौँ । चलचित्र विकास बोर्डले बाग्मती प्रदेश, दोलखा जिल्लाको लाकुरीडाँडामा निर्माणाधीन ‘अन्तर्राष्ट्रिय फिल्म सिटी’को अवलोकन तथा अनुगमन गरेको छ । सो क्रममा झण्डै ११ वर्षअघिदेखि निर्माण प्रक्रिया तालिएको सिटीमा भएका प्रगति विवरण, नयाँ सम्भाव्यता तथा तीन तहका सरकार र निजी क्षेत्रसँगको लगानी सहकार्यको सम्बन्धमा स्थानीय सरकारसँग छलफलसमेत भएको छ ।

राष्ट्रतिद्वारा प्रस्तुत चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सम्बोधन भएको फिल्म सिटी अवलोकनको क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, बोर्ड सदस्य राज कटुवाल, सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक मदनदास श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, मन्त्रालयका उपसचिव तथा बोर्डका सदस्य सचिव टंकप्रसाद महतलगायतले फिल्म सिटी रहेको भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धर, उपप्रमुख कमला बस्नेत, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाईं, नगरपालिकाका कर्मचारीहरु, विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरुलगायतसँग फिल्म सिटीको लगानी सहकार्य, सिटीको महत्व, पर्यटन प्रवर्द्धन, रोजगारी तथा वरपर हुने व्यापारिक केन्द्रको बिषयमा छलफल भएको छ ।

बोर्ड अध्यक्ष केसीले भीमेश्वरमा फिल्म सिटी ल्याउनुपर्छ भन्ने योजना ल्याउने वरिष्ठ कलाकार मदनदास श्रेष्ठ तथा सम्बन्धित सम्पूर्ण निकायहरुप्रति आभार व्यक्त गर्दै फिल्म सिटी बन्दा सबैभन्दा खुसी यो देशको कलाकारलाई हुने बताए । ‘फिल्म सिटी बन्दा यो देशका सबै कलाकारहरु सबैभन्दा खुसी हुन्छन् । यो हरेक कलाकारको सपना मात्र नभएर सबै नेपालीमा यो सिटीलाई लिएर निकै उत्साह देखिएको छ,’ उनले भने, ‘फिल्म सिटी एक छुट्टै संसार हो । मैले बलिउड र हलिउडमा देखेको फिल्म सिटीजस्तै नै हो यो फिल्म सिटी पनि । चलचित्र विकास बोर्डले मात्र होइन, नेपाल सरकार एकदमै रुचि राखिरहेको छ । चलचित्र मनोरन्जनको माध्यम मात्र नभएर हाम्रो देशको कलासंस्कृतिको विकास र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हामी छिट्टै नेपाली र विदेशी फिल्महरु यो सिटीमा छायांकन भएको हेर्न चाहन्छौँ ।” नगरपालिकाका प्र

मुख मानन्धरले सम्पूर्ण दोलखाबासीले अतिमहत्वपूर्ण फिल्म सिटीलाई सपनाको रुपमा हेरेको बताए । परियोजना सुरु भएको लामो समय बितिसके पनि सोचेअनुरुप प्रगति नदेखिएको बताउँदै उनले भने, ‘यो सपना देखेको धेरै वर्ष भइसकेको छ ।

यो बीचमा लगानीको समस्याका कारण काम थालनी गरी बेवारिसे रुपमा छोडिन थालेपछि सरकारकै अन्य मन्त्रालयले यसभित्रै आँखा लगायो । सरकारी संयन्त्रहरु कुन अवस्थामा रहेछन् भन्ने कुरा फिल्म सिटीको कथाब्यथाले बताउँछ ।’ राष्ट्रिय योजनाको रुपमा एउटा योजना चलिरहेको क्षेत्रभित्र अर्को मन्त्रालयद्वारा अन्य कामका लागि ठेक्का लगाउने कोिसस गरेको भन्दै मानन्धरले आपत्ति जनाए ।

सहसचिव खत्रीले नेपालको पहिलो फिल्म सिटी दोलखामा बन्दै गरेको दोलखाबासीलाई बधाई दिए । उनले यो ठूलो परियोजना रहेको बताउँदै स्रोत र साधन धेरै चाहिने भएको हुँदा तुरुन्तै कार्यसम्पन्न भइहाल्ने सम्भावना नरहने जिकिर गरे । यसको लागि ‘पब्लिक, प्राइभेट पार्टनरसिप’ को मोडलमा काम अगाडि बढिरहेको बताए । 

बोर्डले केही वर्ष पहिले लगभग दुई हजार रोपनी जग्गामा करिब १६ अर्ब लगानीको डिपिआर तथा मास्टरप्लान तयार गरेको थियो । जसअन्तर्गत विद्युतको प्रसारण लाइन तान्ने, स्टुडियो भित्रपर्ने झण्डै ६ किलोमिटर बाटो कालोपत्रे गर्ने, प्रवेशद्वार तथा सुचना केन्द्र तथा गेष्ट हाउसका लागि तीनवटा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको देखिएको छ । ती भवनहरु र प्रवेशद्वार भीमेश्वर नगरपालिका मातहतमा बाग्मती प्रदेश सरकारको लगानीमा तयार हुन लागेका हुन् । केही महिनाभित्र फिल्म सिटी परियोजनालाई नगरपालिकाले भवन हस्तान्तरण गर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै