• २०८१ बैशाख १७ सोमबार

चलचित्र विकास बोर्डले अनुपम बर्वेको साथमा लेखन र निर्देशन कार्यशाला गर्ने

kharibot

काठमाडौं । चलचित्र विकास बोर्डले चलचित्रको पटकथा लेखन र निर्देशन विषयमा तीनदिने कार्यशाला आयोजना गर्ने भएको छ ।

विभिन्न पुरस्कारहरू विजेता भारतीय फिल्ममेकर तथा पूर्व एफटीआईआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे)का एसोसिएट प्रोफेसर अनुपम बर्वेको साथमा ३–५ चैतमा कार्यशाला आयोजना हुन लागेको हो ।

बोर्डको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत आयोजना हुने यो कार्यशालामा सहभागी हुन शुल्क नलाग्ने बोर्डका प्रेस संयोजक जीवन पराजुलीले जानकारी दिए । 

उनकाअनुसार बोर्डको हलमा हुने कार्यशाला दैनिक बिहान १०ः३० बजेदेखि दिउसो ३ः३० बजेसम्म सञ्चालन हुनेछ । कार्यशालामा सहभागी हुन बोर्डको वेबसाइट तथा सोसल प्रोफाईलमा रहेको फारम भर्नुपर्ने उनले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय