• २०८१ बैशाख १७ सोमबार

वायुप्रदुषण गर्ने १४ सवारी साधन कारवाहीमा

kharibot

काठमाडौँ। काठमाडौँको कलंकीमा मंगलबार गरिएको विशेष चेकिङका क्रममा अत्याधिक धूँवा फाली वायुप्रदुषण गर्ने १४ ओटा सवारी साधनका चालकलाई कारवाही गरिएको छ ।

आज दिउँसो १ बजेदेखि २ बजेसम्म गरिएको चेकिङका क्रममा अत्याधिक कालो धूँवा फाल्ने १४ ओटा सवारी साधनका चालकलाई  कार्वाही गरिएको हो ।

बबरमहल स्थित वातावरण विभाग तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको तालिम प्राप्त दक्ष प्राविधिक सहितको टोलिद्धारा  कलंकीमा  ४३ ओटा सवारी साधनलाई चेक गरिएकोमा १४ ओटा अत्याधिक कालो धूँवा फाल्ने सवारी साधन भेटिएका थिए ।

सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ । अत्याधिक धूँवा फाल्ने सवारी साधन चलाउँदा वायु प्रदुषण हुनुका साथै अवस्था ठीक नभएका सवारी साधन चलाउदा दुर्घटनाको जोखिम समेत हुने भएकोले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन चालकहरूलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवंम प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन् ।

पढ्नै पर्ने

लोकप्रिय