• २०८१ बैशाख १७ सोमबार

कर्णाली- मुख्यमन्त्री शाहीका १५ महिने कार्यकालकाे फेहरिस्ता

kharibot

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जाँदाजाँदै १५ महिने कार्यकालकाे फेहरिस्ता सुनाएका छन् ।

उनले यस अवधिका गरेको कामलाई खास उपलब्धी मान्दै कर्णाली सम्वृद्धि अभियानको आधार तयार गरेकाे दाबी गरे ।  

एक वर्षको अवधिमा १७ किलोमिटर सडक कालोपत्रे गरेकाे पनि बताए । आज आयाेजित कार्यक्रममा उनले ४३५ दिने कार्यकालमा गरेका कामको विवरण सार्वजनिक गरेका हुन् ।

उनका अनुसार ११३ किलोमिटर सडक ग्राभेल र ६२२ किलोमिटर कच्ची सडक निर्माण पनि भएको छ। यो अवधिमा १३ वटा झोलुङ्ग पुल, आठ वटा सडक पुल निर्माण सम्पन्न भएका छन् ।

एक हजार पाँच सय ७१ वटा जनता आवास र एक सय एक वटा विपन्नका घर निर्माण भएकाे बताए । यस्तै, सात वटा सडक आयोजनालाई वहुवर्षीय ठेक्का सम्झौता गरी निर्माण गर्न अगाडि बढाइएको उनले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै