• २०८१ बैशाख १८ मंगलबार

कर्णालीमा माघी मनाउने अचम्मका शैली

kharibot

सुर्खेत । कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लामा माघी मनाउने अचम्मका चलन प्रचलनमा रहेका छन् । कत्तै सिस्नुले हानाहान गरेर गरेर माघी मनाइन्छ भने कत्तै रातभरि जाग्राम बसेर मनाउने गरिन्छ । बिभिन्न जाती अनुसारको चलन चल्तीमा रहेको यस क्षेत्रमा जानकारहरु बताउँछन् ।

जाजरकोट , रुकुम पश्चिम , सल्यानमा सिस्नु हानाहान गरेर माघि मनाइन्छ । मामाकी छोरीलाई फूपूका छोराले सिस्नु हान्ने, साली, भिना, सोल्टी, सोल्टिनाबीच सिस्नु हानाहान गरेर मनाउने गरिन्छ । सिस्नु हानाहान गर्नका लागि अन्य जिल्लाका स्थानीयवासी यहाँ आउने गर्छन् । आजको दिन सिस्नुले नहानेमा सुँगुरको जुनी पाइने धार्मिक मान्यता रहेको छ । साथीभाइबीच जिस्किएर सिस्नु हान्ने चलन पनि रहेको छ ।

सिस्नु घुँडाबाहेक अन्यत्र हान्न नपाइने व्यवस्था भएको नलगाड नगरपालिका वडा नं ८ का शिक्षिका नन्दा शाही बताइन । कतिपयले सिस्नु हान्दाहान्दै विवाहसमेत हुने गरेको छ । सिस्नु खेल्नका लागि मामाघर र माइती जाने चलनसमेत रहेको छ । 

त्यस्तै हिमाली जिल्ला हुम्लामा कर्णाली नदीको तीरमा चिसो सिरेटोसँगै रातभरि जाग्राम बस्दै मनाउने गरिदै आइएको छ । रातभरि जाग्राम बसे राम्रो फल प्राप्त हुने धार्मिक मान्यतालाई निरन्तरता दिँदै यस वर्ष पनि राति नदीबाट आउने चिसो सिरेटोको प्रवाह नगरी माघे संक्रान्ति मनाएको स्थानीयबासीको भनाई छ । खार्पुनाथ तीर्थका रूपमा उक्त स्थान जिल्लाभित्र र बाहिर प्रख्यात छ। शिवालय क्षेत्रमा शिवको मन्दिर पनि छ। खार्पुनाथ शिवालय व्यवस्थापन समितिका सदस्य भीमराज शाहीका अनुसार यस वर्ष जाग्राम बसेर माघे संक्रान्ति मेला मनाउने कार्य भएको छ ।

शनिवार ६ बजेबाट भक्तजन खार्पुमा जम्मा भएका थिए। उनीहरू सबैले रातभरि शिवजीको आराधाना गाएर रात कटाएको र बिहान सबेरै कर्णाली नदीको चिसो पानीमा स्नान गरेर मन्दिरमा पूजापाठमा लागेका लाग्ने गर्दछन् । शिवालयमा जाग्रम बसी पूजापाठ गरे राम्रो काम बन्ने धार्मिक मान्यताका कारण अधिकांश भक्तजन मेला मनाउन आउने गर्छन्। त्यसो गरे हालसम्म कुनै व्यक्तिबाट भएको पाप पनि पखालिने धार्मिक विश्वास छ। मदिरा र काटमार निषेध गरिएको शिवालय क्षेत्रमा महिला–पुुरुष मिलेर देउडा पनि गाउने गर्छन्। विशेष गरी खार्पुनाथ गाउँपालिका– ५ का ठकुरी समुदायका पुरुषहरूले पराम्परागत पोसाक बख्खुु लगाएर मध्य क्षेत्रमा बालेको आगो ताप्दै चाड्ची र भारी गीत पनि गाउने र नाच्ने गर्छन् ।

त्यस्तै मुगुमा केटीहरुले घर घरमा गएर खाद्यान्न उठाउने र बेलुकी भएपछि सो खाद्यान्नको मिठाइ बनाएर दाजु , भाइ र आफन्तलाई दिने गरिन्छ । सो खाए बाफत आफन्तहरुले घरको छोरी बैनीलाई केही रकम दिने चलन रहेको छ । यो गरेमा मात्र पुण्य कमाइ हुने जनविश्वास रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै