• २०८१ बैशाख २० बिहीबार

वेल्सले पुरुष र महिला फुटबल खेलाडीलाई समान पारिश्रमिक दिने

kharibot

काठमाडौँ । वेल्सले पुरुष र महिला फुटबल टिमलाई बराबरी भुक्तानी गर्ने घोषणा गरेको छ ।

वेल्स फुटबल फेडेरेसनले पुरुष र पहिला टिमलाई तुरुन्तैदेखि लागु हुने गरि बराबर पारिश्रमिक दिने घोषणा गरेको हो ।

यो नियम पुरुषको २०२६ विश्व कप तथा महिलाको २०२७ मा हुने विश्व कपसम्मका लागि घोषणा गरिएको फेडेरेसनले जनाएको छ ।

अहिले महिला फुटबललाई लोकप्रिय बनाउन कतिपय देशहरुले पुरुष खेलाडी सरह पारिश्रमिक दिन शुरु गरिसकेका छन् ।

जसमा नेदरल्याण्डस, स्पेनले गत बर्षनै बराबर पारिश्रमिक दिने नियम लागु गरिसकेका छन् ।

त्यस्तै ईङल्याण्डले २०२० देखि नै समान भुक्तानी गर्दै आएको छ ।

पछिल्ला बर्षहरुमा वेल्सको पुरुष र महिला टिमले अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गरिरहेको छ । वेल्सको पुरुष टिम १९५८ पछि पहिलो पटक कतार विश्वकप खेलेको थियो ।त्यस्तै पहिला टिमले गत बर्ष विश्वकप प्लेअफमा पहिलो पटक छनौट भएर इतिहास बनाएको थियो । 
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै