• २०८१ बैशाख १७ सोमबार

पठानले दोस्रो दिन कति कमाई गर्यो ?

kharibot

काठमाडौँ । बलिवुडका किङ खान शाहरुख खानको फिल्म पठानले रिलिजको दोस्रो दिन पनि नयाँ रेकर्ड बनाएको छ ।

भारतीय बक्स अफिसमा पठानले दोस्रो दिन ६८ करोड कमाई गर्दै एकै दिन भारतीय फिल्मले गरेको कमाईको नयाँ रेकर्ड बनाएको हो ।

यस अघि पठानले रिलिजको पहिलो दिन ५५ करोडको कमाई गरेको थियो ।

अब दुई दिनमा पठानले १२३ करोड कमाई गरेको बलिवुडका फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।

त्यस्तै पठानले विश्वबक्स अफिसमा पनि शानदार कमाई गरेको छ । पठानले रिलिजको पहिलो दिन विश्वभर १०६ करोड कमाई गरेको थियो भने दोस्रो दिन विहिबार ११३.६० करोड कमाई गरेको आदर्शले उल्लेख गरेका छन् । पठानले विश्वभर दुई दिनमा २१९.६० करोड कमाई गरेको छ ।

यसअघि शाहरुख खानका धेरै फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । उनी चार वर्षको ब्रेकपछि उनको फिल्मलाई लिएर उनका फ्यानमा निकै उत्साह छ र त्यसको झलक सिनेमा घरमा देखिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । फिल्मले रिलिजको दोस्रो दिन आज पनि आक्रामक कमाई गर्ने बताइएको छ ।

यस फिल्ममा शाहरुखसँगै निकै चर्चित कलाकार दीपिका पादुकोण र जोन अब्राहम रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै