• २०८१ बैशाख १७ सोमबार

बङ्गलादेशमा ५ सयबढी विद्यार्थीद्वारा आत्महत्या

kharibot

ढाका । बङ्गलादेशमा पाँच सय ३२ जना विद्यार्थीले आत्महत्या गरेका छन् ।

विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्ययनरत ती विद्यार्थीले गत वर्ष आत्महत्या गरेका एक अध्ययनले देखाएको हो ।

एक सय ५० वटा राष्ट्रिय तथा स्थानीय समाचारपत्रमा आधारित अध्ययन प्रतिवेदन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै  आँचोल प्रतिष्ठानका प्रमुख फर्जाना अख्तर लाम्बानीले तीन सय ४० जना विद्यालयका छात्रछात्राले आत्महत्या गरेका बताए  । 

त्यसैगरी एक सय ६ जना कलेजका विद्यार्थी र ५४ जना इस्लामिक विद्यालयका छात्रछात्राले आत्महत्या गरेका थिए ।

विभिन्न विश्वविद्यालयका ८६ जनाले पनि गत वर्ष आफ्नो प्राण आफैँ लिएका थिए । विगत केही वर्षयता देशमा आत्महत्याको दर बढेकामा उनले चिन्ता व्यक्त गरे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै