• २०८१ बैशाख १६ आइतबार

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने

kharibot

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गृह मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी छन् । 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धि विषयमा सर्वोच्च अदालतले सांसद हुन अयोग्य भन्दै सांसद पद खारेज गरेपछि पदबाट राजीनामा दिएका थिए । 

लामिछानेले यही माघ १३ गते नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएका थिए । लामिछाने गत पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीमा नियुक्त भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै