धनकुटा । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी एक दर्जनभन्दा बढी घाइते भएका छन् ।
घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकाको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ ।
अत्यधिक भीडका कारण झण्डै एक दर्जन बढी दर्शक घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
कन्सर्ट हेर्न आउनेहरूको भीडमा परी घाइते भएकाको विवरण र क्षति भने यकिन हुन नसकेको आयोजकले बताएका छन् ।
भागदौड भएपछि महोत्सवका सबै कार्यक्रम स्थगन भएको आयोजकले जनाएको छ ।