• २०८१ बैशाख २५ मंगलबार

सर्लाहीमै पहिलो विद्युतीय चार्जिङ स्टेसन

kharibot

प्रतिनिधि तस्बिर

सर्लाही । हरिवन नगरपालिका–११ मा जिल्लाकै पहिले विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन स्थापना गरिएको छ ।

नेपाल सरकारले सन् २०५० सम्ममा यातायातमा प्रयोग हुने इन्धनलाई ५० प्रतिशतमा सीमित गर्ने प्रतिबद्धता जनाएपछि विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन स्थापना हुन थालेका छन् ।

एक पटकमा चार वटा सवारीसाधन चार्ज गर्न सकिने गरी दुई वटा विद्युतीय चार्जिङ स्टेसन स्थापना गरिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख सञ्जीवकुमार साहले जानकारी दिए । उनका अनुसार दुई वटा विद्युतीय चार्जिङ स्टेसन स्थापनाका लागि रू एक करोड ५० लाख लगानी गरिएको छ । “एउटा गाडि चार्ज हुन करिब तीन घन्टा लाग्छ”, उनले भने । 

चार्जिङ स्टेसन स्थापनापछि विद्युतीय सवारी पूर्णरुपमा सञ्चालन भएमा कार्बन उत्सर्जन तथा जलवायु परिवर्तन हुनबाट बचाउन सहज हुने उनले बताए । 

हरिवन नगरपालिका–११ का भरतप्रसाद उप्रेतीले परम्परागत इन्धनबाट वातावरणमा हुने प्रदूषणले पार्ने नकारात्मक असर तथा इन्धनको मूल्यमा देखिएको उतारचढावका कारण विद्युतीय सवारीसाधनको महत्व बढेको बताए । उनका अनुसार विद्युतीय चार्जिङ स्टेसन स्थापना भएपछि विद्युतीय सवारीसाधनको सङ्ख्या पनि बढ्नेछ ।

बेलायतलगायत केही युरोपियन देशले सन् २०४० सम्म परम्परागत इन्धनबाट चल्ने सवारी साधनलाई शून्य–कार्बन उत्सर्जन (जेरो इमिशन) गर्ने उद्देश्यले त्यस्ता सवारी साधनलाई विस्थापन गर्ने लक्ष्य लिएका छन् । नेपालको कूल कार्बन उत्सर्जनको २६ प्रतिशत हिस्सा यातायात क्षेत्रले ओगटेको वातावरण विद्ले बताएका छन् ।

नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापन गर्नुपर्ने भन्दै यसका लागि तीनै तहका सरकारले विद्युतीय सवारीसाधन खरिद गर्न प्राथमिकता दिनुपर्ने सारोकारवालाको भनाइ छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै