• २०८१ बैशाख १७ सोमबार

आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा

kharibot

काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकबाट यस्तो निर्णय गरिएको जनाइएको छ ।

साथै संघले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायत स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको भन्दै संघले आपत्ति जनाएको छ ।

शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा वीर अस्पतालका डाक्टरलाई प्रहरीले लाठी प्रहार गरेको घटनाको विरोध गर्दै चिकित्सक संघले आइतबार देशभरका सरकारी र गैरसरकारी सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको जनाएको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै