• २०८१ बैशाख २० बिहीबार

टोटनह्याममाथि लेस्टर सिटीको सहज जित

kharibot

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले टोटनह्यामलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा लेस्टर सिटीले टोटनह्यामलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

लेस्टरको जितमा नाम्पालीज मेन्डी, जेम्स माडिसन, केलेची इहीनाचो र हार्भी वारेन्सले एक एक गोल गरेका थिए ।

त्यसैगरी टोटनह्यामका लागि रोड्रीगो बेंटानचुरले एक गोल फर्काएका थिए ।

यो जितपछि लेस्टर सिटीको २२ खेलमा २४ अंक भएको छ र लिगमा १३औं स्थानमा उक्लिएको छ ।

त्यस्तै टोटनह्यामको भने २३ खेलमा ३९ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ ।

त्यस्तै गएराती नै सम्पन्न खेलमा आर्सनल ब्रेंटफोर्डसँग १-१ को बराबरीमा रोकिएको छ भने फुलह्यामले नोट्टीन्घम फरेस्टलाई २-० ले पराजित गरेको छ । त्यस्तै वोल्भ्सले साउथहम्पटमलाई २-१ ले पराजित गर्यो भने न्यूक्यासल युनाइटेड बोर्नमाउथसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै