• २०८१ बैशाख १६ आइतबार

अनेरास्ववियुको नेतृत्व चयनका लागि आज चुनाव हुँदै

kharibot

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नेतृत्व चयनका लागि आज निर्वाचन हुने भएको छ ।

आज बिहान ८ बजे देखि नै मतदान हुने भनिएपनि अहिलेसम्म शुरु भने हुन सकेको छैन ।

यस अघि सहमतिको प्रयास भएपनि सहमति हुन नसकेपछि निर्वाचनबाट नै नेतृत्व चयन हुने भएको हो । 

विद्युतीय मेसिनबाट हुने मतदानका लागि १५८८ मतदाता कायम भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

अनेरास्ववियुको अध्यक्षका अध्यक्षका लागि आरसी लामिछाने, समिक बडाल, लोकेश निरौला, मोति विक र वाङछु योन्जनले उम्मेदवारी दिएका छन् । 

त्यस्तै महासचिवमा नरेश रोकाय, सुदर्शन सिवाकोटी, कल्पना वाइबा, भाष्कर खनाल र उमेश आचार्य मैदानमा उत्रिएका छन् । 

अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै