• २०८१ बैशाख २० बिहीबार

एमाले उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गराउनु नै राष्ट्रिय सहमति- गोकर्ण विष्ट

kharibot

काठमाडौं । एमाले सचिव गोकर्ण बिष्टले एमाले उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गराउनु नै राष्ट्रिय सहमति हुने बताएका छन् ।

बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘नेकपा(एमाले) ले जो उम्मेदवारलाई राष्ट्रपतिको रुपमा प्रश्तावित गर्छ त्यो उम्मेदवारलाई निर्वाचित गर्ने सन्दर्भमा नेकपा (माओवादी केन्द्र)को जिम्मेवार भुमिका रहन्छ भन्ने हाम्रो अपेक्षा हो । नेकपा (एमाले) ले उठाएको उम्मेदवारलाई निर्वाचित गर्ने सहमति नै आजको सन्दर्भमा राष्ट्रिय सहमति हो ।’

उनले सत्तारुढ गठबन्धनकाबीचमा भएको सहमति प्रधानमन्त्रीले इमान्दारीतापूर्वक कार्यान्वयन गर्नुपर्ने बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै