सखुवा । महेन्द्रनगर–८, धनुषा निवासी राजिवकुमार पण्डितको विवाहमा साथीहरुले जीवन बीमा योजना उपहार दिएका छन् । प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुलआलमले आफ्ना साथी राजिवकुमार पण्डितको यही फागुन १७ गते सम्पन्न भएको विवाहमा जीवन बीमा योजना उपहार दिएका हुन् ।
प्रभु लाइफ इन्स्योरेन्सको सम्बृद्ध जीवनबीमा योजना उपहार दिएका हुन् । आफ्नो साथीको विवाहमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको शाखा प्रमुख सिंह र एजेन्सी म्यानेजर सिराजुलआलमले बताए ।
विवाहमा अन्य जिन्सी उपहार दिनुभन्दा जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुवात हुने विश्वास व्यक्त गरे । यसले विवाहकै दिन देखिनै निश्चिन्त भविष्य प्रदान गर्ने आशा लिएको बताए ।
वैवाहिक कार्यक्रममा स्थानीय, आफन्त, पाहुनाका साथै प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट सिनियर एजेन्सी म्यानेजर एमडी सिराजुलआलमर बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंह एवं अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।
राजिवकुमार पण्डितको विवाह नेहा भारतीसँग भएको थियो । दुलाहा राजिवकुमार पण्डित ग्लोवलआइएमइ बैंक कुमारीपाटी शाखामा कार्यरत छन् ।