• २०८१ बैशाख १७ सोमबार

अमेरिकी राष्ट्रपति बाइडेन र जर्मन चान्सलर स्कोल्जबीच युक्रेनबारे छलफल

kharibot

बर्लिन । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि आफ्नो समर्थनमा आगामी बाटो तय गर्ने विषयमा छलफल का लागि शुक्रबार वासिङ्टनमा जर्मन चान्सलर ओलाफ स्कोल्जलाई स्वागत गरेका छन् । 

सन् २०२२ फेब्रुअरीपछि भएको स्कोल्जको पहिलो वासिङ्टन भ्रमणले नेताहरूलाई रूसविरुद्ध युक्रेनलाई समर्थन गर्ने आफ्नो सङ्कल्प व्यक्त गर्ने अवसर मिलेको छ । 

यो वार्ताले मुद्रास्फीति न्यूनीकरण ऐनअन्तर्गत वासिङ्टनको हरित अनुदानबारे जर्मनीको डर र बर्लिनको बेइजिङसँगको निरन्तर बलियो आर्थिक सम्बन्धप्रति अमेरिकी चेतावनीलगायत यी दुईलाई विभाजित गर्ने जटिल विषयहरूमा केन्द्रित हुने सम्भावना छ ।स्कोल्जका प्रवक्ता स्टेफेन हेबेस्ट्रेइटले भने, “युक्रेनमा आगामी महिनाहरू कस्तो देखिन्छन् ? मेरो विचारमा दुई नेता युक्रेनको भविष्यका बारेमा बढी चिन्तित छन् ।

युक्रेनका लागि मित्रराष्ट्रहरूले आयोजना गर्न सक्ने सहयोगका लागि यसको अर्थ के हो?” “दुई नेताले निश्चित रूपमा अन्य केही विषयहरूमा छलफल गर्नेछन्,” उनले भने । 

बैठकको पूर्वसन्ध्यामा संसदलाई सम्बोधन गर्दै स्कोल्जले युक्रेनका दुई ठूला समर्थकबीचको साझेदारी ‘पहिलेभन्दा नजिक र बढी विश्वासिलो’ रहेको बताएका छन् । 

युक्रेनमा युद्ध दोस्रो वर्षमा प्रवेश गर्दै गर्दा स्कोल्जले भने, “हामी युक्रेनको भविष्यको सुरक्षा ग्यारेन्टीको बारेमा कीभ र अन्य साझेदारहरूसँग कुरा गरिरहेका छौं ।”

यसैबीच रूसले शुक्रबार पश्चिमा देशहरुलाई युक्रेनलाई थप हतियार उपलब्ध नगराउन चेतावनी दिएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “यो स्पष्ट छ कि थप हतियार उपलब्ध गराउँदा यसले द्वन्द्वलाई लम्ब्याउनेछ र युक्रेनी जनताका लागि दुःखद परिणाम ल्याउनेछ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै