काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल आज नर्दन मारियाना आइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।
फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा नेपालले नर्दन मारियानाको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।
नेपाल आज नर्दन मारियानालाई हराउँदै छनोटको दोस्रो चरणमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ ।
समूह 'बी' मा रहेको नेपाल पहिलो खेलमा ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा प्यालेस्टाइनलाई ६-० गोल अन्तरले हराएको थियो ।
नर्दन मारियाना पहिलो जितको खोजीमा रहेको छ । नर्दनलाई पहिलो खेलमा प्यालेस्टाइनले ३-१ ले हराएको थियो । यस समूहबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन् ।
दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ ।
उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू-२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।