• २०८१ बैशाख १७ सोमबार

मदागास्करमा डुङ्गा डुब्दा २२ आप्रवासीको मृत्यु

kharibot

मदागास्कर  । मदागास्करको समुद्री तटमा डुङ्गा डुब्दा कम्तीमा २२ आप्रवासीको मृत्यु भएको त्यहाँका तटरक्षक अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

मदागास्करको सामुद्रिक प्राधिकरण एपीएमएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “लुकिछिपी मायोटेको फ्रान्सेली इलाकातर्फ जाँदै गरेको डुङ्गामा ४७ जना रहेको र उनीहरूको डुङ्गा डुबेको थियो ।” 

“उक्त घटनामा २३ जना यात्रुको जीवित उद्धार गरिएको थियो भने २२ जनाको मृत शरिर समुद्रबाट निकालिएको थियो,” विज्ञप्तिमा भनिएको छ । शनिबार भएको उक्त दुर्घटनापछि वेपत्ता रहेका दुई जनाको खोजी तथा उद्धार कार्य जारी छ ।

हिन्द महासागरको मदागास्करको उत्तरमा रहेको फ्रान्सेली क्षेत्र मायोटे हुँदै यूरोप छिर्ने प्रयासमा जोखिमयुक्त बाटोका कारण हरेक वर्ष धेरै आप्रवासीहरूले अकालमा ज्यान गुमाउने गर्छन् ।

फ्रान्सेली अधिकारीहरुका अनुसार सन् २०२१ मा छ हजार ५०० भन्दा बढी मानिसहरूलाई लुकीछिपी उक्त क्षेत्रमा प्रवेश गर्न खोज्दा हिरासतमा लिइएको थियो ।

यस्ता क्रसिङको प्रयास गर्दा कति जनाले ज्यान गुमाएका छन् भन्ने कुराको कुनै व्यावहारिक तथ्याङ्क छैन ।

सन् २००० को दशकको सुरुतिर प्रकाशित फ्रान्सेली सिनेटको एउटा प्रतिवेदनअनुसार हरेक वर्ष झन्डै एक हजार मानिसको मृत्यु हुने गरेको थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै