• २०८१ बैशाख २० बिहीबार

थ्री स्टार तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा

kharibot

बुटवल । थ्री स्टार क्लब २२औं संस्करणको तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुटवलको देविनगर स्थित एन्फा टेक्निकल सेन्टरमा आइतबार सम्पन्न खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

थ्री स्टारको जितमा दिपेश गुरुङले खेलको ८३औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । 

आजको जितसँगै थ्रीस्टारले सेमिफाइनलमा सुदूरपश्चिम–११ सँग भिड्ने भएको छ । सुदूरपश्चिमले रुपन्देही–११ लाई शनिबार ३–१ को गोल अन्तरमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

त्यसै गरी सोमबार विभागीय टोली एपीएफ क्लब र फ्रेण्ड्स क्लबबीच खेल हुने छ । दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने रुपन्देही जिल्ला फुटबल संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै