• २०८१ बैशाख २० बिहीबार

विश्वकपपछिको पहिलो खेलमा अर्जेन्टिनाले पानामालाई हरायो

kharibot

काठमाडौँ । अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा पानामालाई पराजित गरेको छ ।

शुक्रबार सम्पन्न खेलमा अर्जेन्टिनाले पानामालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

विश्वकप जितेपछि अर्जेन्टिनाले पहिलो खेल खेलेको हो ।

यस खेलमा थियागो अल्माडा र लियोनेल मेसीले एक एक गोल गरेका थिए । अल्माडाले खेलको ७८औं मिनेट र मेसीले खेलको ८९औँ मिनेटमा गोल गरेका थिए । मेसीले यस खेलमा गोल गरेसँगै उनले क्लब र देश गरि आफ्नो क्यारियरमा ८०० गोल पुरा गरेका छन् । 

अब अर्जेन्टिनाले अर्को खेल मार्च २८ मा कुराकाओसँग खेल्ने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै