• २०८१ बैशाख २० बिहीबार

लेस्टर सिटीका प्रशिक्षक ब्रेनडन रोजर्स बर्खास्त

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब लेस्टर सिटीले प्रशिक्षक ब्रेनडन रोजर्सलाई बर्खास्त गरेको छ ।

शनिबार सम्पन्न खेलमा लेस्टर सिटी क्रिस्टल प्यालेससँग पराजित भएपछि क्लबले प्रशिक्षक रोजर्सलाई बर्खास्त गरेको हो ।

लेस्टर सिटी यस सिजनमा रेलिगेसनबाट बच्न संघर्षरत रहेको छ । अहिलेसम्म यस सिजनमा २८ खेलमा १७ खेल हारेको लेस्टर २५ अंकसहित १९औं स्थानमा रहेको छ । अब यस सिजनमा रेलिगासनबाट बच्न १० खेल खेल्न बाँकी रहेको छ ।

रोजर्स २०१९ को फेब्रुअरीदेखि लेस्टर सिटीको प्रशिक्षक रहेका थिए । लेस्टर सिटीले क्लबको प्रिमियर लिग स्ट्याटस जोगाउन यो कदम चालेको बताएको छ । 

यस सिजनका २८ खेलमा केवल ७ खेल जितेको छ भने ४ बराबरी खेल्दा १७ खेलमा हार बेहोरेको छ ।
          

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै