• २०८१ बैशाख २१ शुक्रबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर सरकारले निर्माण गर्ने निर्णय

kharibot

काठमाडौँ । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण कार्य अगाडी बढाउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले चितवनको भरतपुरमा अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण कार्य अगाडी बढाउने निर्णय गरेको हो ।

धुर्मुस–सुन्तली फाउण्डेशन रंगशाला निर्माणबाट पछि हटेपछि २०७८ सालको साउनको २३ गतेदेखि निर्माणको काम रोकिएको छ । निर्माणको क्रममा उधारोमा खरिद गरिएका सामग्रीको रकम तिर्न नसकेपछि फाउन्डेसन पछि हटेको थियो ।

फाउन्डेसनल निर्माण गर्दाको करिब १८ करोड ऋण चुक्ता गर्न बाँकी रहेको जनाएको छ ।

भरतपुर महानगरपालिकाले रंगशाला निर्माणका लागि त्रिभूवन विश्वविद्यालयका नाममा लालपुर्जा रहेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० बिघा छ कट्ठा जग्गा उपलब्ध गराएको थियो । फाउन्डेसनले निर्माणको ३५ प्रतिशत काम सम्पन्न भएको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै