• २०८१ बैशाख १६ आइतबार

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम तत्काल सुरु गर्ने सहमति

kharibot

हेटौंडा । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तत्काल सुरु गर्ने सहमति भएको छ । 

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र चितवन भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालबीचको छलफलपछि तत्काल उक्त रंगशाला निर्माण कार्य सुरु गर्ने सहमति भएको हो । 

धुर्मुस सुन्तली फाउन्डेसनले चन्दा उठाएर सुरु गरेको रंगशालाको निर्माण कार्य अलपत्र परेको थियो । फाउन्डेसनले  १९ करोड ऋण लागेको भन्दै दुई वर्षअघि नै निर्माणको काम छाडेको थियो । 

तर, मंगलबार हेटौंडा आएर भरतपुर महानगरपालिकाकी प्रमुख दाहालले मुख्यमन्त्री जम्मकट्टेलसँग छलफल गरेर रंगशाला निर्माण कार्य अघि बढाउन आग्रह गरेकी हुन् । उनको आग्रहलाई स्वीकार्दै मुख्यमन्त्री जम्मकट्टेल रंगशालाको काम अगाडि बढाउन सहमत भएका हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय