• २०८१ बैशाख १७ सोमबार

राशफोर्डको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

kharibot

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डमाथि १-० गोल अन्तरको जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा खेलको २७औ मिनेटमा मार्कस राशफोर्डले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि म्यानचेस्टर युनाइटेडको २८ खेलमा ५३ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ । 

त्यसैगरि ब्रेन्टफोर्डको २९ खेलमा ४३ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै