• २०८१ बैशाख १५ शनिबार

कास्की मालपोतको घटना तत्काल छानविन गर्न मन्त्री श्रेष्ठको निर्देशन

kharibot

काठमाडौं । भूमि व्यवस्था, सहकारि तथा गरिबि निवारण मन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीको कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको कुरा तत्काल छानविन गर्न निर्देशन दिएकी छन् । आईतबार मन्त्रि श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्म निधि सोतीलाई ठाडो निर्देशन दिएकी हुन् । 

केही दिनअघि मात्रै मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको एक टेलिभिजन कार्यक्रमबाट सार्वजनिक भएको थियो ।

सोही घटनाको बिषयमा थप सत्यतथ्य छानविन गरि विभागिय कारवाही गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएकी हुन् । ‘मैले नेतृत्व गरेको मन्त्रालय अन्तरगत हुने कुनै पनि अनियमितता, भ्रष्ट्रचार र गलत कामलाई म नजरअन्दाज गर्न सक्दिँन । जसरी मालपोत कार्यालय कास्कीको भिडियो मिडिया र सामाजिक सन्जालमा भाइरल भइहेको छ त्यस विषयमा तत्काल छानविन गरि रिपोर्ट बुझाउनु होला’, मन्त्री श्रेष्ठले महानिर्देशकलाई टेलिफोनमा भनिन् । 

मन्त्री श्रेष्ठले कास्की मात्रै हैन् अन्य जिल्लाको मालपोत तथा नापी कार्यालयहरूको अवस्था र समस्याका विषयमा अध्ययन गरि रिपोर्ट पेश गर्न निर्देशन दिइन् । मालपोत र नापी कार्यालयहरूमा सेटिङमा हुने अनियमितताको जालो आफ्नो नेतृत्वमा न्युनीकरण गर्ने उनले  बताइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै