• २०८१ जेठ ५ शनिबार

प्रधानमन्त्री प्रचण्डले बोलाए संबैधानिक परिषदको बैठक

kharibot

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठक बोलाएका छन् । बुधबार विहान ९ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका हुन् ।

यो बैठकले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने तयारी रहेको छ ।

यसअघि सोमबार विहान एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीबीच छिटो संबैधानिक परिषदको बैठक बसेर प्रधानन्याधीश सिफारिस गर्ने सहमति भएको थियो । 

गत २७ मंसिरदेखि प्रधानन्यायाधीश पद रिक्त छ भने कायम मुकायमको रुपमा हरिकृष्ण कार्कीले प्रधानन्यायाधीशको काम गरिरहेका छन् । तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि कार्कीले कामु भएर काम गरिरहेका हुन् ।   

संबैधानिक परिषदमा प्रधानमन्त्री प्रचण्ड अल्पमतमा रहेपछि अहिलेसम्म बैठक बस्न सकेको थिएन । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन् ।

त्यस्तै प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि बस्ने संवैधानिक परिषदको बैठकमा भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सदस्य रहने व्यवस्था रहेपनि हाल कानुनमन्त्री पद भने रिक्त रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै