• २०८१ बैशाख १८ मंगलबार

सत्य निरुपण मेलमिलाप आयोगसम्बन्धि विधेयक अन्तिम चरणमा- मन्त्री शर्मा

kharibot

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मानव अधिकार उल्लंघनका घट्नालाई निरुत्साहित गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।  

शुक्रबार काठमाडौंमा आयोजित अभिलेखालय तथा श्रोत केन्द्रको उद्घाटन कार्यक्रममा मन्त्री शर्माले सत्य निरुपण मेलमिलाप आयोग सम्बन्धि विधेयक अहिले संसदीय समितिमा उपसमिति गठन भएर करिब अन्तिम चरणमा रहेको बताईन् ।

उनले भनिन्,‘सरकारको तर्फबाट मानव अधिकार उलङघ्नका घट्ना मुख्य रुपमा द्वन्द्वकालीन युद्धमा जे जस्ता घट्नाहरु भए तिनलाई अब टुङग्याउँनुपर्छ भनेर सत्य निरुपण मेलमिलाप आयोग सम्बन्धी विधेयक अहिले संसदीय समितिमा छ । त्यहाँ  उपसमिति गठन भएर करिब अन्तिम चरणमा छ ।’ 

स्थानीय सरकार ,प्रदेश सरकार र नेपाल सरकार सबै मिलेर यस विषयलाई अगाडि बढाउँने पनि उनले बताइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय