• २०८१ बैशाख १८ मंगलबार

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओली छलफलमा

kharibot

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी रहेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार शिर्ष नेताहरु संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पुर्‍याउन छलफलमा जुटेका हुन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनाउन थालिएको विधेयक संसदमा भए पनि प्रमुख दलहरूबीच सहमति हुन नसक्दा विधेयक अगाडी बढेको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय