• २०८१ बैशाख १५ शनिबार

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिमा टुंग्याउँ- कानुनमन्त्री गुरुङ

kharibot

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिबाटै टुंग्याउनुपर्ने बताएका छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समिति बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अल्पमत र बहुमततको प्रक्रियाबाट भन्दा सहमतिमा टुंग्याउनुपर्ने बताएका हुन् । 

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न बोलाइएका कानुनमन्त्री गुरुङले अल्पमत र बहुमतको प्रक्रियाबाट विवादित विषय टुंग्याउन नहुने बताउँदै सहमतिमा गर्न समितिसँग आग्रह गरे । 

सबै एकमत भएर बृहत शान्ति सम्झौता भएको भन्दै उनले प्रक्रियामा जान तयार गर्न नहुने र यदी सहमति नजुटेको अवस्थामा पछि विकल्पहरु सोच्नुपर्ने बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै